Saturday, 16, January, 2021

सञ्चारकर्मी एवं कलाकार बसन्तराज रिजाल अभिनित गितको टिजर सार्वजनिक

काठमाडौं, कोरश फिल्मस् स्टुडीयोको प्रस्तुतिमाझ हेर्नेको त कोरिदैन इतिहास नामक गितको टिजर सार्वजनिक भएको छ। भोज कुमार राईको लेखन एवम् उमेश रेग्मीको संगितमा त्यार भएको उक्त गितमा युवा गायक विश्व नेपालीको स्वर रहेको छ।
राजन राईको निर्देशनमा तयार पारिएको उक्त गितमा कलाकार एवम् संचारकर्मी बसन्तराज रिजाल,नायिका कबिता राई र समीर नेपालको बेजोड अभिनय देख्न सकिन्छ। प्रेम सम्बन्ध भित्रको द्वन्द्व लाई गितमा फरक तरिकाले प्रस्तुत गरिएको छ। गित लाई छिटै सार्वजनिक गरिने तयारी गरिएको छ। सञ्चारकर्मी रिजाल हाल एबीसी न्यूजमा समाचार वाचक एवं कार्यक्रम प्रस्तोताका रुपमा कार्यरत छन् ।

हेर्नुहोस् सार्वजनिक गितको टिजर