Saturday, 17, April, 2021

कोरोना संक्रमणबाट वीरगञ्जमा दुई जनाको मृत्यु

 

वीरगञ्ज, नारायणी बयोधा अस्पतालको आइसोलेसनमा उपचाररत उनलाई साउन १६ गते शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो ।
बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै बिहान मृत्यु भएको थियो । र, शुक्रबार राति रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।

सुगरबाट ग्रसित महिलामा निमोनिया र हाईपर टेनसन समेत रहेको नारायणी अस्पतालका डा निरज सिंहले जानकारी दिए ।

यसैबीच, वीरगञ्ज(१६ नगवा गणेश टोलमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । बारा घर भई वीरगञ्जमा बस्दै आएका ६५ बर्षीय विद्यासागर जयसवालको मृत भेटिएका हुन् ।

बिजुलीको मिस्त्रीको काम गर्दै आएका उनी एक महिना अघि दिल्लीबाट आएका थिए । घरको ढोका खुल्लै देखेर छिमेकीले हेर्दा सुत्ने कोठाको भुँईमा मृत अवस्थामा भेटिएका थिए ।

स्वास्थ्यकर्मीको टोलीले पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर लगिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए । ‘दिल्ली ट्राभल हिस्ट्री भएको जानकारी आएको छ, त्यसैले कोरोनाबाट मृत्यु भएको आशंकामा स्वाब संकलन गरिएको छ’ उनले भने, ‘प्रहरीले अनुसन्धान गर्दैछ ।’