Saturday, 10, July, 2021

सञ्चाकर्मी ईश्वरी बरालको ‘हरेक रात सपनीमा’ सार्बजनिक(भिडियो सहित)

काठमाडौं, संचारकर्मी ईश्वरी बरालले हरेक रात सपनीमा हुन्छु तिम्रै रानी बोलको गीत बजारमा ल्याएकी छन् । क्षितिज सर्पणको शब्द र राज कुमारको संगीतमा रहेको गीत एक्का कम्पनीको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । संन्जय हमालले एरेन्ज गरेको यो गीतको सम्पादन पनि राज कुमारले नै गरेका छन् ।

डान्सिङ विधाको गीत युवा युवतीको मायाँ प्रेममा आधारित रहेको छ । गायिका बराल र रचनाकार क्षितिज समर्पण (रामकुमार शाही) पत्रकारिता क्षेत्रमा सक्रिय छन् । भिडियोमा गायीका बराल आफैले अभिनय गरेकीछिन्

भिडियो हेर्नुहोस्