Tuesday, 20, April, 2021

गोदावरी नगरको भरोसा होटल तथा पर्यटन : राज घिमिरे, अध्यक्ष, होटल तथा रेस्टुरेन्ट एसोसिएसन गोदावरी

ललितपुर, होटल तथा रेस्टुरेन्ट एसोसिएसन गोदावरीका अध्यक्ष राज घिमिरेले पर्यटकीय नगरी गोदावरीको विकासका लागि होटल तथा रेस्टुरेन्ट एसोसिएसनबाट लडिरहने प्रतिवद्धता जनाएका छन् ।

होटल तथा रेस्टुरेन्ट एसोसिएसन गोदावरीको नेतृत्व सम्हालेका घिमिरेले रियलपाटीसंगको कुराकानीका क्रममा आन्तरिक तथा बाह्य धेरै पर्यटकले मनपराउने धार्मिक र पर्यटकिय स्थलमा पर्ने गोदावरीलाई अब अझै आकर्षणको केन्द्र बनाउनु जरुरी रहेको बताए । त्यसका लागि अब होटेल क्षेत्रको समग्र विकास आवश्यक छ । उनि भन्छन् – “कोरोना माहामारीको समयमा मैले चुनौतीपूर्ण नेतृत्व लिएको छु, पछिल्लो अवस्थामो धेरै मार पर्यटन व्यावसायमा परेको छ । होटल व्यावसाय उकास्न र सरकारसँग यसमा आबद्ध व्यवसायीहरुलाई राहत उपलव्ध गराउनु मेरो पहिलो कदम हुनेछ ।”


भौगोलिक वनावट, हावापानी, वनजङ्गल, नदीनाला र ताल, विभिन्न जनजातिहरुको रहनसहन, भेषभूषा आदिको विविधताले ललितपुरले विशिष्ट महत्व बोकेको छ । गोदावरी एक धार्मिक र पौराणिक एवं पर्यटकीय स्थल हो । यहाँ आएका पर्यटकलाई घुम्दा, बस्दा कुनै समस्या नहोस् भनेर सबै सुविधा उपलब्ध गराउन म र हाम्रो एसोसिएसन लागिपरेका छौं ।

काठमाडौंको सातदोबाटो चक्रपथबाट आठ किलोमिटर मात्र पर रहेको यो ठाउँमा आउन बाटोको समस्या झेल्नुपरको बताउदै उनले हात्तीबनदेखि नै बाटो मर्मतका लागि पहल गरिरहेको बताए । यसका लागि राजनितिक नेतृत्वकासाथै प्रशासनलाई पनि घच्घचाईरहेको उनले बताए ।

होटल तथा रेस्टुरेन्ट एसोसिएसन गोदावरीमा बनेको नयाँ कार्यसमितिले अब छिट्टै केहि परिवर्तन गरेर देखाउँछ । कोरोना महामारिबाट देश तंग्रिएसंगै होटल व्यवसयाय पनि तंग्रिनेमा आफु विश्वस्त रहेको उनले बताए ।

चपली हाइटलगायत चर्चित चलचित्र नायकको रुपमा परिचित घिमिरे नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य समेत हुन् ।

होटल तथा रेस्टुरेन्ट एसोसिएसन गोदावरीको पहिलो साधारण सभाले राज घिमिरेको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । एशोसिएसनको उपाध्यक्षमा राजाराम सिलवाल, सचिवमा सरोज आचार्य, कोषाध्यक्षमा सुमन पुरी, सदस्यहरुमा रिबम बहादुर मगर, प्रविन थापा र सविन नगरकोटी रहेका छन् ।