Monday, 01, March, 2021

गुल्मीमा एकै घरका ४ जना पहिरोमा पुरिए, १ को शव फेला, ३ बेपत्ता

गुल्मी, गुल्मीको रुरु गाउँपालिका–५ आँटीपाटामा शुक्रबार गएको पहिरोमा एकैघरका चार जना पुरिएका छन् । एक बालकको शव फेला परेको छ । तीन जना अझै बेपत्ता छन् ।

घर माथिबाट ढुंगासहित बगेर आएको पहिरोले राजु माझीको घर बगाएको हो ।

पहिरोमा पुरिएर उनकी श्रीमती विना माझी, १२ वर्षभन्दा कम उमेरका दुई छोरा सागर र हेमन्त पहिरोमा बेपत्ता छन् । करिब ४ वर्षीया छोरी विनिताको शव फेला परेको छ ।

साँझ ६ बजेपछि परेको मुसलधारे वर्षाले पहिरो गएको र पहिरोमा तीन जना बेपत्ता र एक जनाको मृत्यु भएको वडाअध्यक्ष हरि ज्ञवालीले जानकारी दिए । वर्षात्का कारण उद्धार र खोजीमा समस्या भइरहेको उनले बताए ।

घटनास्थल गुल्मीको सदरमुकाम तम्घासबाट झण्डै ४० किलोमिटर पूर्वमा पर्छ ।