Wednesday, 09, June, 2021

भाटभटेनीलाई तीन लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपर मार्केटलाई ३ लाख रूपैयाँ जरिवाना गरेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले म्याद सकिएको पानी बिक्री गरिरहेको पाएपछि कारबाही स्वरुप जरिवाना गरेको हो।

शुक्रबार विभागको अनुगमन टोलीले म्याद गुज्रेको पानी बिक्री गरिरहेको पाएको थियो। उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरेको विभागले जनाएको छ