काठमाडौं, काठमाडौंको नागार्जुन नगरपालिका ४, सिर्जनशील टोलमा युवतीलाई तेजाब छ्याप्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई बिहीबार राति तेजाब ९एसिड० छ्यापेर भागेका रौतहट लक्ष्मीपुरका मोहमद आलम र भारतका मुन्ना महमदलाई घटनाको २ घण्टामै प्रहरीले पक्राउ गरेको हो।
उनीहरू हाल डल्लु बस्ने र कालिगढको काम गर्ने गरेको प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए।
मोहमद आलम र भारतका मुन्ना महमदलाई घटनाको २ घण्टामै प्रहरीले पक्राउ गरेको हो। ओखलढुंगाकी ती युवती र रौतहट लक्ष्मीपुरका आलमबीच पुरानै चिनजान थियो ।
युवतीलाई मुन्नाले मन पराएको तर युवतीले अर्कैलाई मन पराएको रिसमा एसिड छ्यापेको उनीहरूले प्रहरीसमक्ष बयान दिएका छन्।
बिहीबार राति पौने ९ बजेतिर युवतीलाई तेजाब छ्यापेर उनीहरूले कोठातर्फ भागेका थिए। तेजाब मुन्नाले छ्यापेका थिए। मोहमदले मुन्नालाई युवतीको घरनजिकै लगेर छाडेको र एसिड छ्यापेपछि दुवै जना मोटरसाइकलमा भागेका थिए। पीडित युवतीको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ। उनी हायात होटलको अकाउन्ट शाखामा कार्यरत कर्मचारी हुन्। बाफलमा जुजु धौ र चिउरा किनेर फर्किंदै गर्दा उनलाई तेजाब छ्यापिएको थियो।
प्रहरीका अनुसार उनको गालामा एसिड लागेको छ। उनको अवस्था सामान्य नै छ। एसिड लागेलगत्तै युवती चिच्याउँदै छटपटिन थालिन् ।
युवतीमाथि एसिड छर्किएको पत्तो पाएपछि स्थानीयले तत्कालै नजिकै रहेको मनमोहन अस्पताल पुर्याए । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगियो । घटनाबारे प्रहरीले जानकारी पाइसकेको थियो । घाइते युवतीलाई अस्पताल पुर्याउँदा पौने ९ बजिसकेको थियो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र महानगरीय प्रहरी कार्यालयका डीआइजी विश्वराज पोखरेलले ‘आरोपितलाई जसरी पनि छिटोभन्दा छिटो पक्राउ गर्नू’ भन्ने आदेश महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापा र महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीलाई दिए ।
त्यहीबीच प्रहरीले बाफल चोकमा जडान गरिएको सीसीटीभी फुटेज निकाल्यो । अस्पतालमा उपचारका लागि लगिएकी युवतीसँग सामान्य सोधपुछमा महाशाखा र परिसरको टोली लाग्यो । यता सीसीटिभी फुटेजमा शंकास्पद व्यक्तिको हुलिया पत्ता लाग्यो । घटना हुनुभन्दा केही घण्टा अघिबाट युवतीको मोबाइलमा ३७ पटक मिसकल आएको रहेछ । त्यसमध्ये आधाजसो मिसकल आलमको मोबाइलबाट गरेको पत्ता लाग्यो । घटनाका आरोपी पत्ता लगाउन प्रहरी नजिक पुगिसक्यो । त्यहीअनुसार पीडित युवतीसँग सोधपुछ गर्दा आलम आफ्नो दाइसमानको मान्छे भएको बताइन् । आफुले उनकाबारे त्यस्तो केही नसोचेको उनले बताईन् । तर प्रहरी युवतीको बयानमा मात्रै सीमित थिएन ।
घटनालगत्तै वरिपरिका सबै गौंडा र सडक बन्द गरेर अनुसन्धान सुरु भइसकेको र साँझ परेकाले आरोपित भाग्नसक्ने अवस्था थिएन । त्यहीबीच युुवतीको उपचार भइरहेकै बेला राति ११ बजे महाशाखा र परिसरको संयुक्त टोलीले एसिड प्रहार गर्नेमध्येका एकजना भारतीय नागरिक मुन्ना महमदलाई नियन्त्रणमा लियो । उनी देब्रे हातमा एसिड छर्किने क्रममा छचल्किएर नाडी र पाखुरामा पोलेको अवस्थामा भेटिए । उनलाई नियन्त्रणमा लिएलगत्तै आलमलाई पनि प्रहरीले पक्राउ गर्यो । पक्राउपछि एसिड प्रहार गर्ने महमदले ‘मैले त मालिकको आदेश मानेर एसिड हान्न गएको हुँ, मलाई नै एसिड लाग्यो, सारै पोलेको छ’ भन्दै प्रहरीलाई बयान दिए ।
घटनालगत्तै सीसीटीभी फुटेजबाट पहिचान गरेर पीडकलाई पक्राउन गर्न प्रहरी सफल भएको हो। उनीहरूविरुद्ध अनुसन्धान भइरहेको एसएसपी थापाले जानकारी दिए।