Thursday, 10, June, 2021

निदान अस्पताललाई स्वस्तिश्री गुरुकुलद्वारा पीपीई हस्तान्तरण

काठमाडौं, स्वस्तिश्री गुरुकुल स्कुलले ललितपुरको पुल्चोकस्थित निदान अस्पताललाई १०५ थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको छ । कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बनिहरेको अवस्थामा नेपालमा पनि कोरोना भाइरस बाट दिनानुदिन संक्रमितहरु बढीरहेका छन् ।

कोरोना संकटका कारण पछिल्लो समय स्वास्थ्य क्षेत्र तनावग्रस्त स्थितिको सामना गरिरहेको छ। अहिलेको मुख्य आवश्यकता भनेको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नै हो तर अहिले बिश्व भरि कोरोनाको प्रभाबका कारण पीपीई को विश्वव्यापी अभाव रहेको छ ।
कोरोना विरुद्ध फ्रन्टलाइन्समा रहेर काम गर्ने डाक्टर , नर्सहरू र अन्य स्वास्थ्यकर्मीहरु खटिएका ठाउमा निर्धकसंग संक्रमित नभई सेवा दिन सकुन भनि पीपीई उपलब्ध गरिएको स्वस्तिश्री गुरुकुल स्कूलका समाजसेवी डा.लुःज मानन्धरले बताए।

स्वस्तिश्री गुरुकुल स्कूलका समाजसेवी डा.लुःज मानन्धरले निदान अस्पतालका बोर्ड निर्देशक अभिशेख श्रेष्ठलाई पीपीई हस्तान्तरण गरेका थिए । मानिस समाजको एक हिस्सा भएको हुनाले यस्ता सामाजिक काम गर्नाले समाजलाई केहि टेवा पुग्ने समाजसेवी डा.लुःज मानन्धरले बताए। उंहाले यस अघि पनि धेरै सामाजिक कामहरु गर्दै आएका छन् ।

पीपीई बुझ्दै अस्पतालका बोर्ड निर्देशक अभिशेख श्रेष्ठले अहिलेको विषम परिस्थितीमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) ले अहिलेको संकटमा कोरोना विरुद्ध फ्रन्टलाइन्समा हाम्रा डाक्टर , नर्सहरू र अन्य स्वास्थ्यकर्मीहरु आफ्नो कर्तब्य पालना गर्दा संक्रमण नहुने बताए। धेरै फ्रन्टलाइन्समा खटिने स्वास्थ्यकर्मीहरु संक्रमण हुने दरले गर्दा चिन्तित हुनु पर्ने अवस्थाको अन्त्य भएको पनि अस्पतालका बोर्ड निर्देशक अभिशेख श्रेष्ठले प्रस्ट पारे  ।

कार्यक्रममा निदान अस्पताल प्रमुख कार्यकारी अधिकृत बिपेन्द्र प्रधान , फिनान्स अफिसर सुरज शाक्य, एचए सागर महर्जन, अफिसर सिर्जना बज्राचार्य, काठमाडौँ न्यूरो तथा जनरल अस्पताल व्यवस्थापक उमेश खत्री लगायत निदान अस्पतालका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।