Wednesday, 24, February, 2021

त्रिवि शिक्षण अस्पताललाई दियो पाकिस्तानले एम्बुलेन्स उपहार

काठमाडौं,  पाकिस्तानले त्रिवि शिक्षण अस्पताललाई दुई वटा एम्बुलेन्स सहयोग गरेको छ। नेपालका लागि पाकिस्तानका राजदूत डा मजहर जाभेदले अस्पतालका कार्यकारी निर्देशक डा रोहित कुमार पोख्रेललाई  दुई वटा एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

अस्पतालको ३८ औँ वार्षिकोत्सवको अवसरमा सो एम्बुलेन्स हस्तान्तरण गरिएको पाकिस्तानी दूतावासले जनाएको छ। सो अवसरमा दूतावासका उच्च ओहदाका कूटनीतिज्ञ तथा अस्पताल कर्मचारीहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा कार्यकारी निर्देशक पोख्रेलले एम्बुलेन्स सहयोगको दूतावासलाई धन्यवाद दिदैँ सो एम्बुलेन्स काठमाडौं तथा आसपासका स्थानहरुका बिरामीको सेवामा प्रयोग गरिने उनले बताए। सो सहयोगले दुई देशबीचको सम्बन्धलाई थप मजबुद बनाउने उनको भनाइ थियो।