Friday, 11, June, 2021

भारतको मणिपुरबाट उद्दार गरिएका २१ महिलालाई नेपाल ल्याइयो (फोटो फिचर)

झापा– विभिन्न खाडी मुलुकहरूमा लैजान लागिएका २० जना महिलासहित २१ जना महिलालाई भारतको उत्तरपूर्वी राज्य मणिपुरबाट उद्दार गरी मंगलबार नेपाल ल्याइएको छ।

भारतस्थित नेपाली दूतावासको पहलमा ती महिलाहरुलाई नेपाल ल्याइएको हो। उनीहरू गत मंगलबार बिहान पूर्वी नाका काँकरभिट्टा आइपुगेका हुन्। उनीहरूलाई माइती नेपालको सेफ होममा राखिएको छ।

मणिपुर सरकारसँगको सहकार्यमा उनीहरुलाई उद्दार गरेर नेपाल ल्याइएको भारतस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिए। उनीहरू सबैको कोरोना भाइरसको पिसिआर परीक्षण गरेर नेपाल ल्याइएको अधिकारीले बताए।

भारतका उत्तरपूर्वी राज्यहरू हुँदै म्यानमारदेखि खाडी मुलुकसम्म जान मानव तस्करहरूले सोही बाटो रोज्दै आएका छन्।

विगतमा पनि भारतका पूर्वोत्तर राज्यहरूबाट धेरै महिलालाई उद्दार गरेर नेपाल ल्याइएको थियो।