Thursday, 23, September, 2021

अलिअलि गर्दै नजिकै आईपुगे दिपक समिर

काठमाडौं, रेडियो र टेलिभिजनमा कार्यक्रम प्रस्तोताकारुपमा चर्चा कमाएका दिपक समिरको आवाज अब रेडियो र टेलिभजनमा मात्र नभई गायनमा पनि सुन्न सकिनेछ । हाल नेपाल टेलिभिजनका कार्यकारी निर्माताको रुपमा कार्यरत दिपक समीरको पहिलो गीत सार्बजनिक भएको छ । दिपकको अलि अलि गर्दै बोलको गीतको लिरिकल भिडियो सार्बजनिक भएको हो ।

डि पि खनालको रचना रहेको गीतमा शंखर थापा “स्माइल” को संगीत रहेको छ । कर्णप्रिय आवाजका धनि दिपक समीरको स्वर रहेको उक्त गीत लकडाउन पछि सहज वातावरणमा भिडियो सार्बजनिक गर्ने बताइएको छ ।

दिपक समिर  गीत लेखनमा पनि उत्तिकै सक्रीय छन् । गायकको रुपमा दिपक समिरको अलि अलि गर्दै बोलको गीत पहिलो पटक बजारमा आएको हो । विभिन्न रेडियो, टेलिभिजनमा आवाज र प्रस्तुतीकरणले धेरैको मन जितेका दिपकले आफ्नो आवाजमा पहिलो गीत सार्वजनिक गरेपछि उनका धेरै शुभचिन्तक खुशी भएका छन् ।

https://www.youtube.com/watch?v=Lfk0E9RT75Y

Embed HTML not available.