Thursday, 10, June, 2021

प्रियंका चोपडा ‘मैट्रिक्स ४’ मा

 

एजेन्सी । बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले अब हलिउडमा अभिनय गर्ने भएकी छन् ।

उनले चाँडै हलिउड फिल्म ‘मैट्रिक्स ४’ मा अभिनय गर्ने छन् । उक्त फिल्मका लागि चोपडाले सहमति जनाएकी छन् । कियानु रिब्सको सो फिल्ममा उनले बलिउडको भन्दा फरक अभिनय गर्ने बताएकी छन् ।

दुई दशकसम्म बलिउडमा तहल्का मच्चाएकी चोपडाले अब हलिउडमा समेत आफ्नो रवाफ जमाउने आशा गरिएको छ । ‘मैट्रिक्स ४’ मा प्रियंकासँगै निल पैट्रिक हैरिस, कैरी एन मास, याहया अब्दुललगायत चर्चित कलाकारको अभिनय देख्न पाइनेछ । कोरोना भाइरसको कारण उक्त फिल्म दर्शकमाझ आउन भने केही समय लाग्ने छ ।