Thursday, 10, June, 2021

भारतमाआठ प्रहरीको हत्या गरेका दुबे साता पछि पक्राउ

एजेन्सी । उत्तर प्रदेशको कानपुरमा आठ प्रहरीको हत्या गरे पछि फरार रहेका विकास दुबे एक साता पछि पक्राउ परेका छन् । उनलाई मध्य प्रदेश राज्यको उज्जैनबाट पक्राउ गरिएको हो । विषेश सूत्रका अनुसार दुबे बिहीबार त्यहाँको महाकालेश्वर मन्दिरबाट पक्राउ परेका हुन् । उनको साथमा रहेका अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । दुबे प्रहरीसँगको मुठभेडबाट बच्न चाहन्थे। प्रहरीले पक्राउ गरेपछि म त कानपुरवाला विकास दुबे हुँ भन्दै कराए । दुबेलाई उज्जैन प्रहरीले अज्ञात स्थलमा लिएर गएको छ। उनलाई उत्तर प्रदेश प्रहरीको जिम्मा लगाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुबेले यही जुलाई २ तारिखमा कानपुरको बिकरु गाउँमा पक्राउ गर्न आएका डिएसपीसहित ८ प्रहरीको हत्या गरेका थिए । फरार दुबेबारे सूचना दिनेलाई त्यहाँको सरकारले ५ लाख भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।