Wednesday, 14, July, 2021

चिनियाँ कम्युनिष्ट पार्टीसँग नेकपाको संयुक्त प्रशिक्षण,विदेश विभाग भने बेखबर

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० र नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बीच संयुक्त प्रशिक्षण कार्यक्रम आज हुँदैछ। सीपीसीको अन्तर्राष्ट्रिय विभाग र नेकपाको स्कूल विभागको संयुक्त आयोजनामा प्रशिक्षण हुन लागेको हो।

प्रशिक्षण दिउँसो १ः३० बजे शुरु हुँदैछ। प्रशिक्षणमा नेकपाका एक सय जनाको सहभागिता रहने जनाइएको छ। केन्द्रीय कार्यालय धुम्बाराहीमा ३० र सातै प्रदेशमा १०र१० जना सहभागी हुने व्यवस्था मिलाइएको छ।

प्रशिक्षणको शीर्षक ‘कम्युनिष्ट पार्टी निर्माणको अनुभव आदान–प्रदान’ राखिएको छ। नेकपाका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल र स्कूल विभाग प्रमुख एवम् सचिवालय सदस्य ईश्वर पोखरेलले प्रशिक्षण दिनेछन् भने सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ ताओले प्रशिक्षण दिनेछन्। गएको वर्ष पनि यस्तै प्रकृतिको प्रशिक्षण काठमाडौंमा गरिएको थियो।

तर, यसपटक भने कोभिड महामारीका कारण भर्चुयल माध्यमबाट प्रशिक्षण राखिएको छ। गत वर्ष नै सीपीसी र नेकपा बीच एकअर्का पार्टीको अनुभव आदान–प्रदान गर्ने लगायत ६ बुँदे सहमति भएको थियो।

त्यसबेला नेकपाको विदेश विभागले सहमति गरेको थियो। तर, आज शुरु हुने प्रशिक्षण कार्यक्रमबारे नेकपाको विदेश विभागलाई भने कुनै जानकारी दिइएको छैन।

विदेश विभाग उपप्रमुख विष्णु रिजालले यो प्रशिक्षणबारे थाहा नभएको बताए। भने, “मैले पनि सुनेको छु। तर, यसबारे विदेश विभागसँग सीपीसी र नेकपाको स्कूल विभागले कुनै सल्लाह गरेको छैन।”