Tuesday, 20, April, 2021

चीनद्धारा कर्णेल सहित १० भारतीय सैनिक रिहा

काठमाडौं । लद्दाखको गलवान झडपका क्रममा चिनियाँ सैनिकले नियन्त्रणमा लिएका दश भारतीय सैनिकलाई रिहा गरेको छ । बीबीसीका अनुसार, मेजर जनरल स्तरको बार्ता पछि चीनले एक लेफ्टिनेन्ट कर्णेल सहित दश भारतीय सैनिकलाई छोडिदिएको हो।

भारतीय सञ्चार माध्यमहरुका अनुसार, बिहीबार साँझ पाँच बजे चीनले नियन्त्रणमा लिएको सैनिक छोडिदिएको हो। नियन्त्रण मुक्त हुनेमा चार सैनिक अफिसर छन्।

भारतले अब कोही पनि सैनिक बेपत्ता नरहेको जनाएको छ। गएको १५ जूनको राति भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको भारत सरकारले जनाएको छ। ७८ सैनिक घाइते छन्। घाइतेहरुको उपचार भइरहेको छ।