Tuesday, 20, April, 2021

प्युठानमा थप १८ जनामा कोरोना पुष्टि, संक्रमितक संख्या ७३ पुग्यो

३ असार, प्युठान । प्युठानमा थप १८ जनामा कोरोना संक्रमण (कोभिड- १९) पुष्टि भएको छ ।

जिल्लाको माण्डवी गाउँपालिका, नौबहिनी गाउँपालिका, प्युठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकाका क्रमशः ९, ३,४ र २ गरी बुधबार प्युठानमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका जनस्वास्थ्य निरीक्षक पुष्कल श्रेष्ठले जानकारी दिनुभयो ।

योसँगै प्युठानमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ ।