Saturday, 25, September, 2021

प्युठानका थप २० जनामा कोरोना पुष्टि

२ असार, प्युठान । मंगलबार प्युठानका थप २० जनामा कोरोना संक्रमण (कोभिड-१९) पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा प्युठानका १९ जना पुरुष र १ जना महिला गरि २० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो ।

योसँगै प्युठानमा संक्रमितको संख्या ५५ पुगेको छ ।