Sunday, 11, July, 2021

काठमाडौं उपत्यकामा पनि ५ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण देखिएको छ। काठमाडौंका ४ र ललितपुरका १ जना गरी ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक पुरुष र काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा १ जना गरी दुईजना पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यस्तै पाटन अस्पतालको प्रयोगशालामा ललितपुरकी १ महिला र काठमाडौंकी २ महिला गरी ३ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता तथा डा। जागेश्वर गौतमले जानकारी दिए।

सोमबार एकै दिन ४५१ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमकाअनुसार सोमबार ४५१ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ६ हजार २११ पुगेको हो।

आइतबार मात्रै ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। सोमबार पीसीआर विधिबाट १ लाख ३८ हजार ६८३ र आरडीटी विधिबाट २ लाख १९ हजार ३३६ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३०६ र आरडीटी विधिबाट ८ हजार ६१५ जनाको नमुना परीक्षण गरिएको छ।

मन्त्रालयका प्रवक्ता डा। गौतमका अनुसार १ लाख ३३ हजार ८२९ जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा ५ हजार १५१ जना रहेका छन्। ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ। रेडजोनमा रहेका छन्। सोमबार थप ४९९ जना रेडजोनमा परेका छन्।

यस्तै सोमबार थप ६७ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा।जागेश्वर गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६७ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए।योसहित निको १ हजार ४१ पुगेको छ। जसमध्ये ९३७ पुरुष र १०२ महिला छन्।