Saturday, 10, July, 2021

क्वारेन्टाइनमा बसेका प्युठानका एक युवकको मृत्यु

३१ जेठ, प्युठान । दाङको वंगलाचुली गाउँपालिका स्थित क्वारेन्टाइनमा रहेका प्युठानका १९ वर्षीय युवकको उपचार गर्न हस्पिटल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । प्युठानको माण्डबी गाउँपालिका– ४ आँपचौरका १८ वर्षिय युवकको शनिबार बिहान मृत्यु भएको हो ।

शुक्रवार साँझ स्वासप्रस्वासमा समस्या आएपछि थप उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको वंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलिले जानकारी दिए ।

उनका अनुसार मृतक युवकको ११ दिन अघि नै स्वाब संकलन गरि पीसीआर परीक्षणको लागि पठाइए पनि अझैसम्म रिपोर्ट आइसकेको छैन । मृतक युवक भारतबाट गत जेठ ११ गते आएर वंगलाचुली गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।