Thursday, 28, January, 2021

प्युठानमा क्वारेन्टिनमै जन्मियो शिशु

३१ जेठ, प्युठान । प्युठानकी एक गर्भवतीले क्वारेन्टिनमै बच्चा जन्माएकी छिन । नौबहिनी गाउँपालिका– ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गएराति छोरा जन्माएकी हुन् ।

श्रीमान् प्रेम पुनका साथमा यही जेठ १७ गते भारतबाट आई उक्त क्वारेन्टिनमा बस्दै आएकी सरस्वतीले गएराति १ बजे क्वारेन्टिनमै छोरा जन्माएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।