Saturday, 10, July, 2021

सात सय सञ्चारकर्मीलाई स्वास्थ्य-सौन्दर्य कोसेली

जेष्ठ ३०, काठमाडौं । दुःखमा मायाको कोसेली र सामाजिक दुरि सहितको भलाकुसारी गर्दै नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनमा आवद्ध उपत्यकाका सात सय सञ्चारकर्मीलाई स्वास्थ्य र सौन्दर्य सामाग्री सहित मायाको कोसेली हरिपृया-प्रकाश फाउन्डेसनबाट बितरण गरिएको सामाजिक अभियन्ता क्षितिज भण्डारीले बताए ।
ललितपुर र भक्तपुरपछि काठमाडौमा नेपाल प्रेस युनियन केन्द्रीय समिति मार्फत फ्रन्टलाईनका पत्रकारलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य र सौन्दर्य सामाग्री हस्तान्तरण गर्दै थप: कोसेली कैलाली र तनहुँ जिल्लालाई बेग्लै पठईएको सल्लाहकार शिव लम्सालले बताए ।


बरिस्ठनेता पौडेलद्वारा बालुवाटार र देशभर भईरहेको स्वतस्फूर्त र शान्तिपूर्ण नागरिक दबाब अभियानमा दमन नगर्न बरु जनताको चाहना र कोरोना संक्रमण रोक्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको महासचिव अजयबाबु शिवाकोटीले बताए ।

नेपाल प्रेस युनियनले केन्द्रीय कार्यालयमा दिउँसो १२ बजेदेखी साढे ५ बजे सम्म केही पिपिई, एम ९५ मास्क, फेस सिल्ड, डाबर मन्जन, लिरिल साबुन, डब्बा तेल सहित अन्य ५०० वटा नर्मल मास्क, ५०० डाबर नेपालको जुस, ५००हिमालयको फेसवास, २५००नवरत्नको तेल र २५००सैम्फुको सानो पाउच सहित मायाको कोसेली सञ्चारकर्मीलाई बितरण गरिएको समापन कार्यक्रम सभापति एवं केन्द्रिय सदस्य कल्पना शर्माले बताउनुभयो । कार्यक्रम संचालक महिला बिभाग केन्द्रीय सदस्य रोजि ढकालका अनुसार युवानेता भण्डारी मार्फत प्राप्त सामाग्री युनियनको महिला बिभाग कै स्वामित्वमा राखेर महिलापुरुष र सबै दलका सञ्चारकर्मीलाई मायाको पोका दिईएको थियोे । फोटसका केन्द्रीय अध्यक्ष ई.आदर्श मल्लका अनुसार उपमहासचिव सलोजा दाहाल, केन्द्रिय सदस्यद्वय कल्पना शर्मा, नकुल अर्याल, पुर्ब उपाध्यक्ष राधा चलिसे सहित केन्द्रीय पत्रकारहरु मुकुन्द भण्डारी, रोजि ढकाल, अम्बिका घिमिरे, लक्ष्मी पौडेलले समेत सामग्री सयौंलाई बितरण सामाजिक दुरी सहित गरिएको छ ।

राहत अनुगमनका सयोजक गोरखापत्रका कार्यकारी सम्पादक शिव भट्टराईका अनुसार बरिस्ठ नेता पौडेलकहाँ सम्पन्न कार्यक्रममा युनियनका सल्लाहकार शिव लम्साल, महासचिव अजयबाबु शिवाकोटी, उपमहासचिव सलोजा दाहाल, सचिव खिला कार्की, सचिब दिपा आले, केन्द्रिय सदस्य कल्पना शर्मा, नेपाल बहसका सम्पादक ईन्द्र रिजाल, रोजी ढकाल लगायतलाई बरिस्ठ नेताद्वारा स्वास्थय सुरक्षा सामाग्री उपहारस्वरूप दिईएको थियो।
नागरिकमा कोरोनाको मनोबैज्ञानिक त्रास हटाई, लक डाउनमा राहत दिन मन र शरिरको सुन्दरतालाई सहित स्वास्थय र सौन्दर्य सामाग्री बितरण अनुमतिको लागि युनियनका अध्यक्ष बद्री सिग्देल र उपाध्यक्ष एवं महिला बिभाग प्रमुख बाला अधिकारीलाई फाउन्डेसनले आभार व्यक्त गरेको कार्यक्रमका सल्लाहकार ईन्द्र रिजालले बताए ।
सामाजिक अभियन्ता क्षितिज भण्डारीले कुनै आर्थिक संकलन नगरिकन सामाजिक सेवाभावले ७ सय सञ्चारकर्मी सहित दश हजार नेपाली-बिदेशी नागरिक, अनाथ, असाहय, बिपन्न, दलित अनि बिशेषत: काठमाडौमा अडकिएका सुदुरपश्चिम र कर्णाली प्रदेशका वालवालिकालाई लाखौंको राहत बितरण गर्ने लक्ष्य अनुसारको बितरण जारी रहेको सुदुरपश्चिम विद्यार्थी संघका अध्यक्ष ई. भुवन भट्टले बताए ।
५१ बर्षको अल्पआयुमा स्वर्गीय हुनुभएको हरिपृया भण्डारीको ईतिहास केलाउदा डोटिको जैनोलीमा धर्मराज पन्तको कोखबाट पाँचौ सन्तानको रुपमा जन्मिएर भारतमा स्नातक अद्य्ययन गर्नुभएको थियो । स्वर्गीय नेतृ भण्डारी एक साहित्यकार र जबर्जस्त महिला लेखिकाको रुपम कलम चलाउनु हुन्थ्यो । तत्कालीन कांग्रेस नगर सभापति एवं समाजसेवी प्रकाशनारायण भण्डारीसंग बिवाह पश्चात् लामो समय बिधालयको शैक्षिक अवस्था सुधार अभियानसंगै नेपाल महिला संघ जिल्ला र केन्द्रमा दुई दशक नेतृत्व गर्दै कांग्रेसको महासमिति सदस्य हुँदै पहिलो संविधानसभामा सासद उम्मेदवार समेत हुनुहुन्थ्यो । फाउन्डेसनले वहाँको छोराछोरीको सहयोगमा पछिल्लो ५बर्ष देखि निरन्तर भुकम्प, बाढीपहिरो, टोनार्डो, आगलागीमा र धार्मिकसाहित्यिक अभियानमा लाखौंको सहयोग गर्दै आएकोमा खुशी व्यक्त गर्दै नेपाल प्रेस युनियनका उपमहासचिव भिष्मराज ओझाले धन्यवाद दिएका छन् ।