काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार राति सम्पन्न मन्त्रिपरिषद्ले लकडाउनलाई खुकुलो पार्ने निर्णय गरेको छ । बिहिवारदेखि सरकारले पसल व्यवसाय सञ्चालन गर्न दिने र निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बिहिवारदेखि लकडाउन खुकुलो, व्यवसाय सञ्चालन गर्न पाउने
