काठमाडौं, चीनले भारतसँग सीमा जोडिएको हिमालय क्षेत्रमा सेना परिचालन गरेको छ । चीनले एक घण्टाभित्र भारतसँग सीमा जोडिएको हिमालय क्षेत्रमा परिचालन गर्न मिल्ने गरी हजारौं प्याराट्रुपर्स, हतियारबन्द गाडी तथा हतियारसहित सैन्य ड्रिल गरेको हो ।
यसै महिनाको सुरूमा चिनियाँ सेना भारतीय सीमा पार गरेर पांगगोङ सो र गलवान उपत्यकामा क्याम्प बनाएर बसेपछि त्यहाँ विवाद उत्पन्न भएको छ ।
ती सैनिक र हतियारबन्द गाडीहरू हुबेई प्रान्तबाट तिब्बतको उत्तर पश्चिमको एक गोप्य स्थानमा पुर्याइएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
चीनले यसै सप्ताहन्तमा केही घण्टाको समयभित्र उनीहरूलाई त्यहाँ पुर्याएको समाचार पोस्टले प्रकाशित गरेको छ।
ती सैनिकहरूलाई नागरिक विमान र रेलमा ओसारिएको दृश्य चिनियाँ टिभी सिसिटिभीले शनिबार प्रसारण गरेको थियो।
यसै दिन चीन र भारतका उच्च तहका सैन्य जनरलहरूले मोल्दोमा जारी तनाव कम गर्ने विषयमा वार्ता भएको थियो।
सो सैन्य ड्रिलको नेतृत्व चिनियाँ जनमुक्ति सेनाको वायुसेना प्रमुख मेजर कर्णेल माओ लेइले गरेका थिए। यस ड्रिललाई परमाणका हिसाबले ुमहत्वपूर्ण ब्रेकथ्रुु मानिएको छ।
चीनको राज्य नियन्त्रित ुग्लोबल टाइम्सुमा आइतबार प्रकाशित एक लेखले चिनियाँ सेनाको यस ड्रिललाई दुबै देशबीच जारी तनावसँग जोडेको छ।
भारतले गलवान उपत्यका क्षेत्रमा पर्ने चिनियाँ भूभागमा गैरकानुनी सैन्य संरचना निर्माण गरेपछि तनाव उत्पन्न भएको पोस्टले जनाएको छ।
यसैगरी भारतीय संचारमाध्यमहरूमा भने चिनियाँ सेना भारतको १ देखि ३ किलोमिटर सीमाक्षेत्रभित्र प्रवेश गरेको जनाउँदै आएका छन्।
हाल दुबै देश तनाव कम गर्ने प्रयासमा छन्। भारतीय संचारमाध्यमहरूले आफ्नो मिडिया रिपोर्टमा तनाव कम गर्न गरिएको वार्ता निष्कर्षमा पुग्न नसकेको समाचार जनाएका छन्। यध्यपी भारतको परराष्ट्र मन्त्रालयले वार्ता ुसौहार्दपूर्ण र सकारात्मकु भएको जनाएको छ।
सोमबार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुइङले स्थिति ुस्थीर, नियन्त्रणमा रहनुका साथै परस्पररूपमा समाधान गर्ने बाटोमा रहेको बताएकी छन्।
जारी तनाब कम गर्नलाई हामी हाम्रा शीर्ष नेताले गरेको सहमतिलाई पालना गर्ने एउटा सहमतिमा पुगेका छौुं, उनले भनिन्, हाम्रो द्विपक्षीय सम्बन्धलाई विकशित गर्न हामीले हाम्रो सीमाक्षेत्रमा स्थिरता र शान्ति कायम गर्ने प्रयास गर्नुपर्छ।
भारत र चीनका परराष्ट्रका अधिकारीहरूबिच शुक्रबार भएको भिडिओ कन्फ्रेन्सपछि दुबैदेशका उच्च सैन्य अधिकारीबीच सीमा तनावका विषयमा वार्ता भएको हो।