Thursday, 23, September, 2021

आइतबार थप २१३ जनामा कोरोना संक्रमण भेटियो, संक्रमितको संख्या ३४४८ पुग्यो 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २०९ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आज थपिएका २१३ सहित नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको छ । जसमा ३२१२ पुरुष र २३६ जना महिलामा संक्रमण देखिएको छ ।

साथै मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४६७ जना उपचारपछि निको भएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै १०२ जना उपचारपछि निको भएर डिस्चार्ज भएा छन् । नेपालमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको छ।