Thursday, 28, January, 2021

दुई हजारलाई हरिप्रिया फाउन्डेसनको खाद्यान्न, सौन्दर्य र स्वास्थ्य सामाग्री

काठमाडौ,  हरिप्रिया  – प्रकाश फाउन्डेसनबाट २हजार नागरिकलाई निशुल्क सौन्दर्य सामाग्री, स्वास्थय सामाग्री र खाद्यान्नहरु राहत बाडिएको छ ।
सामाजिक अभियन्ता क्षितिज भण्डारीका अनुसार १० हजार नागरिकलाई लाखौंको राहत बाडने अभियानमा बिहिबार ११सय र शुक्रबार ९०० जनालाई सस्थाले कुनै पनि चन्दा र आर्थिक संकलन नलिई आमा स्वर्गीय हरिप्रिया भण्डारीको स्मृतिमा राहत बाडेको छ ।

स्मरण रहोस युवानेता भण्डारीले भुकम्प, बाढिपहिरो, टोनार्डो, आगलागि पीडित हरेक बर्ष लाखौंको राहत सहयोग फाउन्डेसनमार्फत बाडदै आएका छन् । लामो समय नेपाल महिला संघको केन्द्रमा नेतृत्व गर्नुभएकि शिक्षा बिज्ञ एवं समाजसेवी नेतृ स्वर्गीय भण्डारी नेपाली कांग्रेसको महासमिति सदस्य हुँदै समानुपातिक सासद उम्मेदवार समेत हुनुहुन्थ्यो ।

सामाजिक अभिन्ता युवानेता भण्डारीको अनुसार सौन्दर्य सामाग्रीको कार्यक्रममा खाद्यान्न सहित हिमालयको फेसवासको फेसवास, मन्जन सैम्फु सबैभन्दा क्याम्पसका छात्रछात्रा र घरेलु महिला कामदारहरु आकर्षित भएको थियो । नेपाल प्रहरीको सहयोगले सामाजिक दुरि कायम राख्दै लिरिल नुहाउने साबुन, नवरत्न तेल, बजाज तेल,मन्जनब्रस सनसिल्क सैम्फु, रेजरब्लेड, कैँची, नर्मल मास्क,सेनेटाईजर, मोबाइल रिचार्ज कार्डहरु (बृद्धबृद्दालाई), एम ९५ मास्क र पन्जाहरु वितरण गरिएको थियो ।

युवानेता भण्डारीका अनुसार मानिसमा कोरोनको मनोबैज्ञानिक त्रास हटाउन मन र शरिरको सुन्दरता जरुरी हुन्छ । भण्डारी थप्छन् – दार्ही, कपाल काट्न रेजरबलेड, दात माझ्ने मन्जन नभएर अनि नुहाउने साबुन, सैम्पु र मुखको सुन्दरताको लागि फेसवास, तेल, क्रीम आदि सौर्न्दर्य सामग्रीले आत्मबिश्वास बढाएर मनमा खुशी ल्याउछ । त्यस्तै स्वास्थय सामग्रीले सुरक्षा दिने र खाद्यान्नले पेट भर्ने हुनाले आफुहरुले तीन प्रकारको सहयोग बाडिएको समाजसेवी मिलन ढकाल बताउँछन । ढकालले कार्यक्रम मै केही क्विन्टल चामल दिने घोषणा समेत गरेका थिए ।

काठमाडौं महानगरपालिका प्रतिनिधि सुशीला ढकालका अनुसार यी कार्यक्रमले भोक, सरसफाई र सुन्दरतालाई केन्द्रबिन्दु बनाई ७७ जिल्लाबाट शिक्षा र रोजगारीको लागि उपत्यका आउनुभएको तरुणविद्यार्थी र नागरिकहरुको मुखमा मुस्कान ल्याएको बताउछिन । सौन्दर्य सामाग्री बितरणको पुर्ब उप प्रधानमन्त्री प्रकाशमान सिह र नेकपा नेताहरुले समेत शुभकामना दिएको महनगरपालिका प्रतिनिधि अर्जुन श्रेष्ठ बताउछन् ।

हरिप्रिया फाउन्डेसनले सहकार्य गरेको त्रिबेणि युवा कल्बका अध्यक्ष बिन्देश खनाल र सचिब ज्ञानबहादुर श्रेष्ठको पहलमा सबैलाई प्याकेटमा पौष्टिक र तातो खाना समेत सामाजिक दुरि सहित ११ सय लाई बितरण गरिएको थियो । बालाजुको कार्यक्रमलाई सम्पादक ईन्द्र रिजाल र कबिता केसिले अनि बुढानिलकण्ठको कार्यक्रमलाई गोराखापत्रका सम्पादक शिव अधिकारी र निर्मला मिश्रले संयोजन गरेका थिए ।  अब घोषित स्थान बाहेक फाउन्डेसनले फ्रन्टलाईनका पत्रकारलाई काठमाडौ, ललितपुर, भक्तपुर र आसपासको जिल्लाका सभापतिमार्फत सौन्दर्य र स्वास्थय सामाग्री बितरण गरिने समाजसेवी नारायण देवले बताए ।