Tuesday, 13, July, 2021

कपिलवस्तुमा ८ महिने शिशुसहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

जेठ, काठमाडौं । कपिलवस्तुमा ८ महिने शिशुसहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शुक्रबार यशोधरा गाउँपालिका–७ का मात्र २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा यशोधरा– ७ का ८ महिने बालकमा पनि कोरोना पुष्टि भएको छ ।