Saturday, 17, April, 2021

सुर्खेतमा क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु

२३ जेठ, सुर्खेत । पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ ।

बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि कोरोनाले मृत्यु भएको पुष्टि भएको हो । योसँगै कोरोनाले मृत्युु हुनेको संख्या ११ पुगेको छ ।