Saturday, 17, April, 2021

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डका सदस्य तथा फिल्म लेखक, निर्देशक तथा गीतकार दयाराम दाहाल अध्यक्षमा नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले हाल बोर्डको सदस्य रहेका दाहाललाई बोर्ड रिक्त अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको मन्त्रीपरिषद स्रोतले जानकारी गराएको छ।

बोर्ड अध्यक्ष बन्नका लागि दशजनाले आवेदन दिए पनि दयारामसहित ३ जनाको नाम मन्त्री परिषदमा पुगेको थियो।