Tuesday, 19, January, 2021

कर्णाली प्रदेशमा १ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि

२२ जेठ, काठमाडौं । कर्णाली प्रदेशमा १ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पुष्टि हुनेमा दैलेखको नारायण नगरपालिकाका ६४ जना पुरुष र ५ जना महिला, देवलकाँडाका १२ जना, सोतका ९ जना, मानटाकुराका ७ जना, भगनीका ५ जना, साडुका २ जना र बाँसकोटमा १ जना गरी १ सय ५ जना तथा मुगुको खत्याडका एक पुरुषमा गरी १ सय ६ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला प्रमुख विवेक पुनमगरले जानकारी दिएका छन ।

आज थपिएका १ सय ६ सहित कर्णाली प्रदेशमा २ सय १३ जनामा काेराेना सङ्क्रमणकाे पुष्टि भएकाे छ ।