Tuesday, 20, April, 2021

कृषि मन्त्री भुषाललाई युवा नेता भण्डारीको पत्र 

काठमाडौ । नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले नेपाल सरकारका कृषि मन्त्री मा. घनश्याम भुषाललाई पत्र लेेेखेका छन् ।

आइतबारदेखि भारतमा गहुँको मूल्य डेढ गुणा बढेको र त्यसको असर नेपाली बजारमा पनि  पर्ने  भन्दै  ध्यानाकर्षण गराएका  छन् । उनले  लक डाउनमा भोकमरीले मृत्यु भएका ३ नेपाली नागरिक बारेमा चासो नदिएको भन्दै  विद्वान मन्त्रीको बौद्धिकतामाथि  प्रश्न उब्जाएको पनि बताए ।

नेपालीहरु जन्मजात किसान रहेको दाबी गर्दै नेता भण्डारी नयाँ बजेटले पेट्रोलियम पदार्थमा गरेको अत्यधिक मुल्यबृद्दीबाट गहुँ आयातको ढुवानी, गोदाम खर्च र कारखानाको खर्च लागत पनि निश्चितरुपमा बढने बारे कृषि मन्त्रीको रणनीतिक तयारी नपुगेकोमा गुनासो गरेका छन् । भण्डारीको तर्क छ धराशायी नेपाली अर्थतन्त्र अनि त्यसमाथि उधोगी ब्यवसायीलाई लक डाउन अवधिको कर्मचारीको तलब र बैंक ब्याज घाटाको क्षतिपूर्ति सरकारले नदिएपछि अब नेपालमा पिठोको रोटि मा २००% मुल्यबृद्धी हुने स्वभाबिक देखिन्छ ।

परनिर्भरता र आयातमुखी सरकारको नितिले मारमा परेका नेपाली किसान एकातिर आफ्नो उत्पादनको उचित मूल्य र बजार नपाएर रोईरहेको बेला लक डाउन र सरकारी असहयोगले आत्महत्या नजिक पुगेको बताउछ्न् । अब विभिन्न मुलुकबाट आयात गरिने खाद्यान्नमा पनि भारी मुल्यबृद्धीले अहिले राहत बाडनेहरु नै भोलीको दिन मा राहत माग्ने लाईनमा बस्न बाद्य्य हुने भण्डारीको दाबी छ ।

नेबिसंघका पुर्ब कावा अध्यक्ष समेत रहेका भण्डारीले ओलि सरकार कै छत्रछायामा नक्कली बीउ र मल बिक्रीवितरण भैरहेको गम्भीर आरोप लगाउदै हिजो पन्चायतकाल देखि बहुदलीय ब्यवस्थामा पनि किसानले अनुदानमा मल, बीउ र उचित समर्थन मुल्य पाएका तर अस्तब्यस्त दुईतिहाईको सरकारले किसानको पेटमा लात हानेको देखेर आश्चर्यचकित र क्रोधित भै मन्त्रीको ध्यानाकषिर्त गर्न पत्र लेखेको बताउँछन ।

बिज्ञ नेता भण्डारी भन्छन- नेपालमा अन्न आपूर्तिकर्ता भारत सहित का देशहरु सलह किराको आतंक र क्षतिबाट जुझिरहेले अब गहुँ बाहेक चामाल, मकै, दाल, तेल, तरकारी, जडिबुटी, मसला र फलफुल मै दोब्बर मुल्यबृद्धीको संभावना बारे नेपाल सरकारको देशभित्र उत्पादन बढाउन बजेटको प्राथमिकता रकम शिर्षक सहित सार्वजनिक गर्न चुनौती दिन्छन् । नेता भण्डारीले नेपालका बुढापाकाले ३०बर्ष अघि सुर्यलाई ढाकेर अद्य्यारो पार्दै सलह किरा आएर बाली खायो भन्छन ।

अहिले अफ्रिकाबाट सोमालिया, केन्या, तन्जेनिया, साउदीअरब, बङ्गलादेश, पाकिस्तान हुँदै भारतका राजस्थान,गुजरातमा भोकमरीको महासंकट त्यही फौजी किराले पुन: ल्याउदैछ । हेर्दा फट्याङ्रा झै सलह किराले हरियो पात भएको सबै बोट खाने हुँदा सो क्षति असर नेपालमा न्युनिकरण गर्न किटनाशक र अग्नि स्प्रे ल्याउन कृषि मन्त्रालयको तयारी बारे पनि मन्त्रीज्युको स्पष्टीकरण मागेका छ्न ।

यूवा नेता भण्डारीले नयाँ बजेटमा कृषकको कृषिजन्य उत्पादनको उचित मूल्यसहित बजारको जिम्मा र निशुल्क बीमा गर्दै अन्न, फलफुल, तरकारी, जटिबुटी, पुष्पसहित पशुपन्क्षी र दुग्धजन्य ब्यवसायको बैज्ञानिक तालिम, निशुल्क आर्गेनिक मल र बीउ बितरण गरि नेपालको कृषि बजेट प्राबिधिक सहयोग र अनुदान बढी केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् ।

भण्डारीले आर्थिक दुराअवस्था उकास्न बिश्व कै गुणस्तरीय नेपाली गाजा खेती र बिक्रिबितरण खुला गरि औषधि र सबैखाले प्रयोगका अन्तर्राष्ट्रिय कानुन बमोजिम खुला गर्न कृषिमन्त्रीसंग माग समेत गरेका छन् ।