Monday, 12, July, 2021

जेठ ३२ गतेसम्म थपियो लकडाउन

काठमाडौ । सरकारले जेठ ३२ गतेसम्म कोरोना लकडाउन जारी राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको शनिबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो।

यसपालिको लकडाउन जेठ २० गते मंगलबारसम्म थियो। त्यसपछि १२ दिन थपेर जेठ मसान्तसम्म लकडाउन जारी राख्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए।

सरकारले असार १६ गतेसम्म सीमा नाका र अन्तराष्ट्रिय उडान बन्द राख्ने पनि निर्णय गरेको छ ।