Friday, 23, April, 2021

नुवाकोट ककनीका युवामा संक्रमण नै नभएको पुष्टि, भन्छन् : मलाई कुनै समस्या थिएन र अहिले पनि छैन

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकाका युवामा कोरोना संक्रमण नै नभएको पुष्टि भएपछि पाँच दिनमै अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गत जेठ ११ गते पीसीआर टेष्टमा पोजेटिभ रिपोर्ट आएपछि उपचारका लागि आफै मोटरसाइकल चढेर टेकुस्थित सरुवा रोग अस्पताल आएका उनमा बुधबार र शुक्रबार परिक्षण रिपोर्ट दुवै नेगेटिभ रहेकाले उनलाई कोरोना संक्रमण नै नभएको पुष्टि भएको हो ।

कोरोनाको त्रास नेपालमा फैलिएसंगै सामाजिक दूरी कायम गरिरहेका उनमा कोरोनाको कुनै लक्षण नदेखिएको उनि बताउँछन् । आफुलाई रुघाखोकीसमेत नलागेको उनको भनाई छ । ज्वरो पनि कहिले आएको थिएन, तन्दरुस्त नै थिएँ, कोरोना लाग्यो भनेर सोच्ने कुरै भएन, उनले सुनाएँ।

गाउँघरमा व्यक्तिगत कामकाजमा व्यस्त थिए उनि । गाउँमा महानगरपालीकामा आबद्ध सबैको कारोना टेस्ट गर्ने भनिएपछि आफुले पनि कोरोना टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आउँदा उनि छक्क परेको सुनाउँछन् । सरकारी परीक्षण विधिप्रति शंका गर्ने प्रशस्त आधार भेटिएको उनि बताउँछन् ।

रियलपाटीसंगको कुराकानीमा उनले असन्तुष्टि पोख्दै भने– टेक्निकल मिस्टेकले गर्दा मलाई संक्रमित भनियो । एम्बुलेन्ससमेत लिन समयमा नआएपछि आफै मोटरसाइकलमा टेकु पुगेँ ।

कोरोना संक्रमण नै नभएको मानिसलाई संक्रमित भनेर गाउँ, टोल,छिमेकमा समेत तनाव भएकोमा उनि दुःखी छन् । त्यतिमात्र नभई आफ्नो सम्पर्कमा आएको भनेर ८४ जनाको पीसीआर टेष्ट गर्ने काम भएकोले ती व्यक्तिलेसमेत मानसिक यातना भोग्नुपरेकोमा असन्तुष्टि पोखे ।

कोरोनाभन्दा पनि अनावश्यक त्रास फैलाउने काम भईरहेकोले राज्यले बेलैमा ध्यान दिनु जरुरी रहेको उनले बताए । रोगसँगभन्दा पनि कोरोना संक्रमित भनिएका ब्यक्तिहरुले देशको व्यवस्थापनसँग जुध्नु कठिन रहेछ । उनले भने ।