Thursday, 23, September, 2021

लकडाउनले समस्या पारेका बेरोजगारीलाई प्रदेश सरकारले ध्यान दिनुपर्छ : लालकुमारी पुन, बागमती प्रदेश सांसद

हेटौंडा । बागमती प्रदेशको आर्थिक वर्ष ०७७\७८ को नीति तथा कार्यक्रम बुधबार बहुमतले पारित भयो । मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित अन्य विपक्षी दलले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरे पनि अन्य दलको बहुमत रहेको थियो ।

नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिएका थिए । बागमती प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद लालकुमारी पुनले हावाहुरी र वर्षाका कारण बालीनालीमा पुर्याएको क्षतिका कारण कृषकहरुलाई, विद्यालयहरुमा परेको असरलाई मध्यनजर गरि पिडित जनतालाई राहतको व्यवस्था गर्न प्रदेश सरकारसंग माग गरिन् । लकडाउन र कोरोना भाईरसले आक्रान्त पारेका, रोगजारी गुमाएका मजदुरहरुलाइ पनि उचित व्यवस्थापन र रोजगार दिनुपर्नेमा प्रदेश सरकारको ध्यानाकर्षण गराईन् ।