Thursday, 23, September, 2021

आइतबार २४ जना संक्रमित थपिए, १७ जना निको भए 

काठमाडौं । देशभरिमा आइतबार २४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८ पुगेको छ।

आइतबार साँझ मात्र बाँकेका ४ र बर्दियाका एक गरी ५ जना संक्रमित थपिएका हुन्। यो विवरण भने स्वास्थ्य मन्त्रालयले औपचारिक जानकारी गराएको छैन।

यसबाहेक आइतबार थपिएका संक्रमितहरूमा रुपन्देहीका ६ जना, पर्साका ३ जना, कपिलवस्तुका ३ जना, काठमाडौं, झापा, बारा, रौतहट, सर्लाही, नुवाकोट र गुल्मीका एक-एक जना छन्।

यीमध्ये नुवाकोटमा पहिलोपटक संक्रमण देखिएको हो। जिल्लाको ककनी गाउँपालिका-३ का स्थानीय पुरुषमा संक्रमण देखिएपछि उनी टेकु अस्पताल भर्ना भएका छन्।