Thursday, 23, September, 2021

काेराेनाबाट अामा गुमाएकाे शिशुलाई खतिवडाकाे ५१ हजार सहयाेग

काठमाडाैं : काेराेनाबाट पहिलाे पटक नेपालमा ज्यान गुमाएकी सिन्धुपाल्चोककि एक महिलाकाे शिशुका लागि अमेरिकामा बस्दै अाएका नेपाली युवा दिनेश खतिवडाले ५१ हजार १ सय ५१ रूपैयाँ सहयाेग गरेका छन् । केही दिनअघि अामाकाे निधन भएपनि शिशुमा भने काेराेना संक्रमण देखिएकाे थिएन ।

हाल अमेरिकाकाे मेरिल्याण्डमा रहेका सिन्धुपाल्चोक मेलम्चीका खतिवडाले शिशुकाे लागि साे सहयाेग रकम अाज बैंकमा जम्मा गरेका हुन् ।

हाल अस्पतालमै रहेकाे शिशुकाे पाैष्टिक अाहार र हेरचाहमा सहयाेग पुगाेस् भनेर उनले ५१ हजार १ सय ५१ रूपैयाँ बैंक खातामा जम्मा गरेकाे बचाए ।
यसअघि सिन्धुपाल्चोकका पुर्व सांसद, कांग्रेस नेता माेहन बस्नेतले ५० हजार सहयाेग गरेका थिए ।
खतिवडाले काेराेनाका कारण समस्यामा रहेका नेपाली समुदायलाई अमेरिकामा पनि सहयाेग गर्दै अाएका छन् ।