Thursday, 23, September, 2021

स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार अराजकता

उमेश खत्री

कोरोना भाइरस ९कोभिड–१९० बाट अहिले विश्व नै आक्रान्त छ । नेपालमा पनि दुई महिनाअघि कोरोना संक्रमण देखिएपश्चात नेपालसँग सिमा जोडिएका सम्पूर्ण देशका नाका बन्द गरिएको छ । एक सहरबाट अर्को शहर जान समेत सहज छैन । मानिसहरू लकडाउनको पूर्णपालना गरि नै रहेका छन् । लकडाउनका भइरहदा पनि नेपालमा कोरोना संक्रमित बढ्दै गर्दा समाजमा एक खालको त्रास श्रृजना भएको छ । समाजमा कोरोना संक्रमण नहोस् र आफ्नो टोलमा कोही पनि प्रवेश नगरुन् भन्ने मूर्ख सोचका केही व्यक्तिहरुको रुखो स्वभावले स्वास्थ्यकर्मी तथा चिकित्सकहरूलाई अस्पताल आउँजाउमा समस्या हुन थालेको समाचार आइरहेका छन् । अस्पताल र स्वास्थ्यकर्मीहरूमाथि गरिने यस्ता दुर्व्यवहारले महामारीका बेलामा काम गर्ने वातावरणमा ह्रास आउँछ । खबथयमब ज्बmचय म्यअतयच ब्उउकद्द अहिले धेरैजसो स्थानीय तहहरुले राम्रो काम गरिरहेका छन् । कतिपय स्थानीय सरकारको नाम लिएर कोरोना रोक्ने सवालमा युवाहरुबाट जुन खालको व्यवहार स्वास्थ्यकर्मीमाथि भईरहेको छ त्यो कुनै पनि हालतमा स्वीकार्य छैन । स्थानीय तहबाट नै परिचालित मान्छे हो भने के–कसरी कुरा गर्ने हो त्यो सबै जानेको व्यक्ति हुनुपर्छ । नियामक निकायको अनुमतीविना स्वास्थ्यकर्मीलाई आवतजावतमा अवरोध पु¥याउने जोकोहीलाई सरकारले कडा भन्दा कडा कारवाही गर्न आवश्यक छ । समाजमा यसरी नै १०–१५ जना जम्मा भई स्वास्थ्यकर्मीको आवतजावतमा अवरोध गर्नाले कोरोना संक्रमण समाजमा झन् फैलने सम्भावना हुन्छ । त्यसको जिम्मा कसले लिने रु कोरोना भाईरस नियन्त्रणको बहानामा स्वास्थ्यकर्मीहरुमाथि नै अवरोध हुन नरोकिए समाज झन् अराजकतर्फ धकेलिने पो हो की भन्नेतर्फ सम्बन्धित निकायहरु सजक हुनु आवश्यक छ । संक्रमित बढ्दै गईरहेको अवस्थामा हुलहुज्जत गर्नुको साटो त्यस्ता व्यक्तिको सरकारले जारी गरेको लकडाउनलाई पूर्ण पालना गरी घरभित्र बस्नु आवश्यक छ । लकडाउनलाई पूर्ण पालना नगरी सडक र गल्लीहरूमा बसी अवरोध गर्नाले झन ठुलो समस्या श्रृृजना भई त्यो टोल नै संक्रमित हुनसक्छ । हामी आत्तिने समय होईन । कोरोनाविरुद्धको लडाईमा स्वास्थ्यकर्मीलाई कसरी सहयोग गर्ने हो त्यतातिर सोच्ने समय हो । जबसम्म नेपालमा स्वास्थ्यकर्मीलाई सहयोग गरिन्न तबसम्म केही हुने वाला छैन । कोरोना संक्रमणलाई आमनेपालीले हल्का रुपमा लिएको कारणले गर्दा पनि स्वास्थ्यकर्मीहरुमाथि कुनै न कुनै अवरोध समाजबाट भएका हुन् । अहिले स्वास्थ्यकर्मीहरू अत्यन्तै नाजुक अवस्थामा आप्mना सेवा दिन बाध्य छन् । यस्तो परिस्थितिमा कसरी मिलेर काम गर्ने हो भनेर सोच्नुको सट्टा स्वास्थ्यकर्मीहरुमाथि नै अवरोध गर्ने क्रियाकलाप अत्यन्तै निन्दनीय छ । बाटो छेक्ने, र्दुव्यवहार गर्ने जस्ता क्रियाकलाप गर्नेलाई कडा भन्दा कडा कारवाही गर्नु पर्छ ताकी अन्यले यस्तो दुर्व्यवहार गर्ने बारे सोच्न पनि नसकुन । समाजका अग्रजहरुले यो बुझ्नु जरुरी छ की कोरोना बाटो छेकेर मान्छेहरुलाई झगडा गराएर कुनै पनि हालतमा हट्ने छैन । समाजमा सबै व्यक्तिहरुले स्वास्थ्यकर्मीले भने बमोजिम रहेर लकडाउनको पूर्ण पालना गरि घरमै बस्नु बाहेक अर्को विकल्प छैन । केहि दिनबाट धेरै अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुले घरबाट अस्पताल र अस्पतालबाट घर फर्कदा केहि व्यक्तिहरुको दुर्व्यवहार सहनु परिरहेको गुनासो आएको छ । एकातिर नेपाललाई कसरी कोरोनामुक्त गर्ने भनेर दिनरात काममा खटिएका स्वास्थ्यकर्मीलाई रोकेर दुर्व्यवहार गर्नु कति कानुनसम्मत होलात रु त्यस्ता मान्छेहरु टोलमा १०–१५ जना उपस्थित भई कानुनी सासनको धज्जी उडाइ रहेका छन् । हुलहुज्त गर्नाले कोरोनको संक्रमण रोकिएला त रु स्वास्थ्यकर्मीलाई रोकेर दुर्व्यवहार गर्नेलाई फौजदारी कसूरअनुसार सजायको निम्ति सरकारले कदम चाल्नै पर्दछ । अनि मात्र अस्पताल र स्वास्थ्यकर्मीहरु निर्धक्क रुपमा सेवा दिन सक्दछन् ।
(लेखक काठमाडौं न्युरो जेनरल हस्पिटलमा अस्पताल व्यवस्थापकको रुपमा कार्यरत छन्)