Thursday, 23, September, 2021

थप ९ जनामा कोरोना, संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं । थप ९ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा रौतहट इशानाथ नगरपालिकाका ७ जना पुरुष, माधवनारायण नगरपालिकाका १ जना र बारा करैयामाईका १ जना छन्। उनिहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परिक्षण गरिएको थियो। यो सँगै संक्रमितको संख्या ३०४ पुगेको छ। कोरोनाका कारण दुई जनाको मृत्यु भइसकेको छ।