Thursday, 23, September, 2021

कोरोना संक्रमणबाट २ जनाको मृत्यु : संक्रमितको संख्या २९५ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार संक्रमितको संख्या भने २९५ पुगेको छ।

आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा तीन जनामा कोरोना पुष्टि भएको हो। उनीहरु धनकुटाकी ३४, मोरङको विराटनगरकी २९ वर्षीया महिला र विराटनगरकै ३६ वर्षीय पुरुष छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना जितेर ३६ जना डिस्चार्ज भएका छन्। मृत्यु भएका दुईमध्ये एक सिन्धुपाल्चोककी महिला हुन् भने अर्का बाँकेको नरैनापुरका युवक हुन्। सिन्धुपाल्चोककी मृतकको पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गरिएको छ भने युवकको पनि अन्त्यष्टि गरिएको छ ।