प्यूठान, ३ जेष्ठ । नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ ।
शनिवार थप ६ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको हो ।
शनिवार विहान बर्दियामा १ जना, सिराहामा १ जना, पर्सामा २ जना, सर्लाही १ जना र चितवनमा १ जना गरी ६ जना नया संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो जानकारी दिनुभयो ।मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।