Friday, 23, April, 2021

सतुङ्गलका ७ वर्षीय बालकसहित थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६७ पुग्यो 

शुक्रवार थप ९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङमा ३, पर्सामा ४, उदयपुरमा १ र काठमाडौंमा १ जना गरी ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सहित नेपालमा संक्रमितको संख्या २६७ पुगेको छ ।  पर्सामा ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला र दाङमा  २३, ३६ र ३४ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। साथै उदयपुरका २५ वर्षीय युवा र काठमाडौंमा ७ वर्षीय बालकमा पनि संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ।

उनीहरू सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।