Thursday, 23, September, 2021

सीमा अतिक्रमणको विरोधमा हस्ताक्षर संकलन

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० ले भारतले गरेको नेपाली भूमि अतिक्रमणका विरुद्ध हस्ताक्षर संकल अभियान शुरु गरेको छ ।

लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विरोधमा विश्वभर छरिएर रहेका नेपालीले भारतलाई दबाब दिन हस्ताक्षर संकल गर्न लागेको हुन् ।

हस्ताक्षर अभियान शुक्रबारदेखि शुरु भएको छ ।

विश्वभरबाट संकल गरिएको हस्ताक्षर यही जेठ २३ गते काठमाडौँस्थित भारतीय दूतावासमा बझुाइने सङ्घले जनाएको छ ।

यही जेठ १८ गतेसम्म अनलाइनबाट हस्ताक्षर गर्न सकिनेछ ।

संकल गरिएको हस्ताक्षर जेठ १७ गते सम्बन्धित मुलुकमा रहेको भारतीय दूतावास, मिसन तथा सम्बन्धित निकायमा बुझाइने सङ्घको सूचना–सञ्चार तथा प्रशाशन समितिले जनाएको छ । रासस