Tuesday, 20, April, 2021

त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी ६ बर्षिया बालिकामा कोरोना संक्रमण, संक्रमितको संख्या २४६पुग्यो

काठमाडौँ : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी एक बालिकामा कोरोना संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा न्युरो सर्जरी वार्डमा सात दिन अघि भर्ना भएकी ६ बर्षिया बालिकामा कोरोना संक्रमण देखिएको हो ।

स्रोतका अनुसार कपिलवस्तुबाट उपचारका लागि काठमाडौँ ल्याइएको थियो । ति बालिका ईएनटी सम्वन्धी विरामी हुन् । कोरोना पोजेटिभ देखिएपछि अहिले अस्पतालमा चिकित्सक तथा नर्स त्रुिसत भएका छन् । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४६ पुगेको छ ।  यसअघि संक्रमितको संख्या २५१ पुगेको बताएको मन्त्रालयले आफ्नो तथ्यांक सच्चाइएको छ ।