Friday, 23, April, 2021

संसद बैठकमा कोरोना नसर्ने आधार के ?

काठमाडौं, नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले राष्ट्रपति विद्यादेवि भण्डारीलाई आमनेपाली नागरिकको तर्फबाट पत्र लख्दै कोरोना परिक्षण नगरेर अनि कुर्सी टासिंएर जोखिमपुर्ण संसदको बजेट अधिबेशन गर्नुको सट्टामा टुडिखेल वा सिहदरबारको मैदान झै खुला स्थानमा बजेट अधिबेशन गर्न अनुरोध गरेका छन् ।

नेबिसंघका पुर्व कावा अध्यक्ष समेत रहेका नेता भण्डारीले राष्ट्रपति सहित सभामुख अग्नि सापकोटा, प्रधानमन्त्री केपि शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवालगायत प्रतिपक्षी दललाई वोधार्थ दिदै प्रश्न गरेका छ्न् – कि लक डाउन उल्लंघन र कोरोना बारे नागरिक र सांसदहरु बिच फरकफरक मापदण्ड हो र ? नत्र कसरी थर्मल गनले तापक्रम नाप्दै, साबुनपानीले हात धोएर, टेबुलमा सेनेटाईजर राखेर र माईकमा स्प्रे जस्ता हास्यास्पद काम गरेर संसदमा कुर्सी जोडि बैठक गरिदैछ ? नेता भण्डारीले भने त्यस्तो हो भने भारतीय सिमानाबाट अवैध संक्रमित घुसपैठलाई रोक्दै अब सबै जोनमा होटेल, रेष्टुरेन्ट, शिक्षण संस्था, बैक, बजार र गाडीहरू पनि सोहि पद्धतिमा अझै ६ फिट दुरि अपनाएर खोल्न किन हुँदैन सरकार भनेर व्यंग्य समेत गरेका छन् । उहाँको भनाईमा बजेट अधिबेशनमा सासद, कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मी गरेर हजार जनाको भिडभाडले ठुलै कोरोना जोखिम निम्तिन सक्ने बैज्ञानिक आधार छन् ।

युवानेता भण्डारीले गरिबहरु सिमाना मै महिनौं दिन रोकिने ? हप्तौं राजमार्गमा हिडेर पनि घर फर्कन नपाउने ? अस्पतालमा इमर्जेन्सीबाहेक अरु सेवा नपाउने, हुनेखानेहरु फुत्त फुत्त गाडीमा हुईकिने हो भने यो त ठुलालाई चैन र सानालाई ऎन हुने ? जस्ता प्रश्न गरेका छन् । भण्डारीले नेपाली नागरिकको हक समेत यो बलमिच्चाईकै कारण कुण्ठित भएको दाबी गर्दै भोलि यहि शैलीमा प्रदेश, नगर र गाउँले बजेट अधिबेशन गर्न थालेमा कोरोनालाई कसले रोक्छ भनेर प्रतिप्रश्न समेत गर्दै यसलाई सच्चाउन माग गरेका छन् ।