Friday, 23, April, 2021

प्रहरी निरीक्षक वाइवाको कामको प्रशंसा

काठमाडौँ। महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्चार्ज, प्रहरी निरीक्षक शुभद्रा वाइवा हाल प्रहरी प्रधान कार्यालयमा सरुवा भएकी छिन् । उनलाई जडिबुटी र नरेफाँटका स्थानीय वासिन्दाले भावपूर्ण विदाई गर्दा सबैको आँखा रसाए ।

कोटेश्वरको प्रमुख भएर ७ महिना ९ दिन काम गरेपछि प्रहरी निरीक्षक वाइवा प्रहरी प्रधान कार्यालयमा सरुवा भएकी छन् । वाइवा कोटेश्वरको प्रमुख भएर आएदेखि धेरै सुधारका कामहरु भएको स्थानिय बताउछन् । कोटेश्वर प्रमुख रहँदा आफुहरुले निकै सुरक्षित महसुस गरेको उनिहरु बताउछन् ।

विश्व महामारी कोरोनासंग लड्दै गर्दा शान्ति सुरक्षाको लागि जुन निर्धकताका साथ प्रस्तुत हुनु भएको थियो त्यो यहाँका बासिन्दाले सधैं सम्झने स्थानिय सन्तोष भट्टराई बताउछन् । वाइवाको सम्मान तथा विदाई कार्यक्रम पनि भव्य रुपमा गरिएको थियो । विदाई हुदै गर्दाको सम्बोधनमा जब प्रहरी निरीक्षक वाइवा भावविह्वल भइन् तब कार्यक्रममा उपस्थित सबैको आँखा रसाएका थिए ।


निरीक्षक वाइवाले आफ्नो कार्यकाल ७ महिनाको मात्रै भएपनि स्थानीय वासिन्दा, शुभचिन्तक र समाजसेवीहरुको सहयोगको कारण आफ्नो कार्यकाल सफल भएको महसुस भएको बताइन् । सरुवा प्रकृया प्रहरी संगठनको नियमित प्रकृया भएतापनि आफुले लकडाउनको अवस्थामा पनि मानवियताको कर्तव्य निर्वाह गर्दै लकडाउनको पुर्ण पालना गराउन आफु सफल भएको बताइन् ।

विदाई कार्यक्रममा सहभागीहरुले प्रहरी निरीक्षक वाइवाको कार्यकाल सफल रहेकोमा प्रशंसा गर्दै आगामी कार्यकाल सफलताको कामना पनि गरेका थिए ।

प्रहरी निरिक्षक वाइवाले आफ्नो सक्रियतामा यसअघि पनि लामो दुरीका हायस, टाटा सुमो, माइक्रो लगायतका टिकट काउण्टरका कर्मचारी, टिकट विक्रेता या दलालका कारण यात्रुहरुलाई अप्ठेरो पर्ने गरेको गुनासो बढ्न थालेपछि टिकट काउन्टरहरुलाई व्यवस्थित गर्न पहल गरेकी थिइन् ।

इन्सपेक्टर वाइवाले २०७६ भाद्र ३० गतेदेखि कोटेश्वरको जिम्मेवारी सम्हालेकी थिइन् तर थोरै समयमा पनि उनले आम नागरिकमाझ प्रहरीलाई गरेको विश्वासलाई गुम्न दिइनन् । समाजका हुने विभिन्न किसिमका घटनालाई पूर्ण रुपमा सुधार गर्दै लैजाने प्रतिबद्धतास्वरुप काम समेत उनले गरिन् । उनको कामले कोटेश्वरबासीसमेत उत्साहित थिए । दशैं, तिहार जस्ता चाडपर्वमा समुदायमा शान्ति,सुरक्षा दिन आफु सफल भएको स्मरण उनि गर्छिन् ।

विशेष गरि डान्सबार, दाहोरी र रोधिघरमा काम गर्ने महिला दिदिबहिनी अत्यन्त पिडित भएको गुनासो आएपछि आफ्नो टीममसहित छापा मारेको सम्झना उनको मष्तिस्कमा ताजै छन् । साँच्चै त्यहा पुग्दा महिलाहरुको अवस्था दर्दनाक नै देखिएको उनि बताउँछिन् – “हामीले छापा मारेको ८,१० वटा रेष्टुरेन्ट र बारहरुमा काम गर्ने महिला दिदिबहिनी बिना नियूक्ति पत्र काम गर्दा रहेछन् । ६ महिना वर्षदिनसम्म पनि तलब पाएका रहेनछन् । मात्र ग्राहकले दिएको टीप्सका भरमा काम गरिरहेको भेटेपछि त्यहाका सञ्चालकसहित धेरैलाई चौकीमा थुनेरै भएपनि कामदारको अधिकार दिलायौं ।

हाल ती रेष्टुरेन्ट र बारमा सुधार आएको उनि बताउछिन् । महिला दिदिबहिनी नियूक्ति पत्र र काम गरेको प्रमाण लिनुपर्नेमा सचेत भएकोमा उनि खुशी व्यक्त गर्छिन् ।

रियलपाटीसंगको कुराकानीमा इन्सपेक्टर वाइवाले काम गर्ने क्रममा चुनौती धेरै आएको र ती चुनौतीको सामना गर्न आफू सधै तयार रहेकोले आजसम्मको कार्यकाल सफल नै रहेको उनको भनाइ छ । आगामी दिनमा पनि आफु जहाँ सरुवा भएपछि स्वातन्त्रतापूर्वक दायित्व निर्वाह गर्ने वाईवाले बताईन् ।