Friday, 23, April, 2021

सांसद लालकुमारी पुन”शुशिला” बाट कोन्ज्योसोम गाउँपालिकामा राहत

ललितपुर । कोन्ज्योसोम गाउँपालिका वडा नं.१ चौघरेमा वाग्मती प्रदेश सभा सांसद लालकुमारी पुन”शुशिला”ले वडाका विपन्न श्रमिक,ज्यालादारी तथा असहाय घरपरिवारलाई राहत सामग्री प्रदान गरेकी छन् ।

प्रदेस सभाबाट आफ्नो निर्वाचन क्षेत्रमा लकडाउनका कारण समस्यामा परेका विपन्न नागरिकलाई राहत दिनु जनप्रतिनिधीको दायित्व भएकाले आफुले पनि दायित्व बहन गरेको वाग्मती प्रदेश सभा सांसद पुनको भनाई छ । कोन्ज्योसोम गाउपालिका अध्यक्ष गोपिलाल स्याङतानले लकडाउन थपिदै गर्दा यहाँका जनतालाइ खाद्यान्न अभाब नहोस भनी सांसद पुनले राहत प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे ।

वडाध्यक्ष सन्तलाल लामाकानुसार वडाभित्रका कोरोना भाइरसकाकारण नेपाल सरकारले गरेको लकडाउनले गर्दा बिहान,बेलुका छाक टार्न मुस्किल रहेका श्रमिक,ज्यालादारी तथा असहाय घरपरिवारलाई सामाजिक दुरि कायम गर्दै वाग्मती प्रदेश सभा सांसद पुन,कोन्ज्योसोम गाउँपालिका अध्यक्ष सिंतान,उपाध्यक्ष लामाले चामल,नुन,तेल,दाल लगायतका राहत सामग्री प्रदान गरेको जनाएका छन् ।