Thursday, 23, September, 2021

रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको बिहीबार राति निधन भएको छ।

नेपाली राजनीतिकी आदर्श व्यक्ति तथा कांग्रेस नेतृ स्वर्गीय नोना कोइरालाकी बहिनीसमेत रहेकी रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

उनी वीपी कोइराला नेतृत्वको हरेक राजनीतिक मोर्चामा उपस्थित हुने गर्दथिन् ।