Friday, 23, April, 2021

कांग्रेस काठमाडौं २ बाट राहत वितरण : अस्पताललाई पीपीई, भोकालाई खाना

काठमाडौं : नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले मेडिकल सामाग्री र खाद्यान्न वितरण गरेको छ । बिहिबार उपचारमा संलग्न चिकित्सकका लागि अत्यावश्यक पीपीई १ सय ५५ थान वितरण गरिएको हो । सुष्मा कोइराला मेमोरियल अस्पताल, पिपुल अस्पतालसहित क्षेत्रका सबै अस्पतालमा पीपीई हस्तान्त्रण गरिएको छ ।

 

सो क्षेत्रमा पर्ने सबै जसो स्वास्थ्य संस्थामा पीपीई हस्तान्तरण गरिएको छ । कांग्रेस क्षेत्रीय सभापति उपेन्द्र कार्की नेतृत्वको टोलीले अस्पतालमा पीपीई वितरण पछि लकडाउनका कारण अलपत्र नागरिकलाई सार्वैजनिक स्थानमा खाना खुवाइरहेका स्थानमा चामल आलु, दाल,नुन लगायतका खाद्य सामाग्री सहयोग गरेका छन् । सो क्षेत्रमा त्यस्ता खाना खुवाइएका १५ स्थानमा पुगेर १ सय बोरा चामल, ५० प्याकेट आलु, दाल,नुन, तेल, केराउलगायतका खाद्य सामाग्री वितरण गरिएको सभापति कार्कीले जानकारी दिए ।

 

त्यस्तै, सर्वसाधारणका लागि करिब २५ सय थान मास्क पनि वितरण गरिएको छ । काठमाडौं क्षेत्र नं २ मा काठमाडौं महानगरपालिकाका दुई वटा वडा, वडा नं ३२ र ९ पर्छन् । त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिका र शंकरापुर नगरपालिका पर्छ । ती सबै स्थानीय तहमा पुग्नेगरि राहत वितरण गरिएको हो ।