Friday, 23, April, 2021

उदयपुरमा क्वारेन्टाइनमा बसेका युवाले गरे आत्महत्या

उदयपुर : उदयपुरमा क्वारेन्टाइनमा बसेका एक युवाले हात्महत्या गरेका छन् । रौतामाई गाउँपालिका(७ गुराँसेका एक युवाले बिहीबार राती आत्माहत्या गरेका हुन् । श्रीमतीसहित जनता क्याम्पस रौतामाई ७ राजाबास १ सातादेखि क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षीय सुमन विकले झुण्डिएर आत्महत्या गरेका छन् ।

गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार प्रेम विवाह गरी काठमाडौं पुगेका विक यही बैशाख ११ गते घर फर्किएपछि क्वारेन्टाइनमा राखिएको हो । श्रीमतीसँग एउटै कोठामा बसेका विकले राती श्रीमती सुतिसकेपछि सलमा पासो लागि आत्महत्या गरेको प्रहरीले जनाएको छ। आत्महत्या गर्नुको कारणले खुलि नसकेको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।

क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिले भने उनीहरुबीच नियमित झगडा हुँदै आएको जानकारी दिएको एसपी बुढामगरले जानकारी दिए। क्याम्पसको क्वारेन्टाइनमा कोरोना गाउँपालिकाले ८ जनालाई राखेको अध्यक्ष खड्काले बताए।