Friday, 27, November, 2020

जनता भोकै बसेको हेर्न सकेनौं : युवानेता भण्डारी

काठमाडौ । नेपाली कांग्रेसका युवानेता क्षीतीज भण्डारीले ललितपुरमा मजदुर र बिपन्नलाई राहत बाँडेका छन् । विभिन्न वाहना देखाउदै वडा कार्यलयबाट ललितपुरका विभिन्न स्थानका विपन्नलाई राहत दिनबाट वञ्चित गरिएको गुनासो आएपछि आफु राहत लिएर गएको युवानेता भण्डारीले बताए ।

ललितपुरको सुनकोठीदेखि काठमाडौंको महाराजगंजसम्म विभिन्न सहयोगदाताले दिएको खाद्यान्न नाम टिपाएकालाई बितरण गरिएको उनले जानकारी दिए ।

सरकारी एकद्वारे निर्देशन बिपरित भएपनि लक डाउनमा कोहि नेपाली भोका नरहुन् भन्ने पवित्र उदेश्यले राहत दिएको उनले बताए । काठमाडौ मेडिकल कलेजका सञ्चालक समेत रहेका भण्डारी भन्छन्  – “कोहि नेपाली भोका नरहुन् भन्ने उदेश्यले नाम टिपाउनु भएका दलित, जनजाति र राना, थारु समुदायका कैलाली, कन्चनपुर, बाँके बर्दिया, दैलेख, गुल्मी दाङ र पश्चिम पहाडहरु अनि सोलु, पाँचथर, उदयपुरबाट काठमाडौ मजदुरी गर्न आएका तर सरकारी निर्देशन मानेर भोकै पर्खी बसेका बिपन्न मजदुर दाजुभाई दिदिबहिनीलाई सहयोग गरिएको हो ।”

आइतबार दिनभरी बुढानिलकण्ठ, टिचिङ्ग अस्पताल, लैनचौर आसपासको भवन निर्माणमा खटिएका मजदुरलाई १५ दिन पुग्ने खाद्यान्न बितरण कार्य गरिनुका साथै शिक्षण अस्पताल आएका बिरामीका आफन्तलाई पनि सहयोग गरिएको उनले रियलपाटीलाई जानकारी दिए ।

जसमध्ये कैलालीको घोडाघोडी नगरपालिकाबाट टिचिङ्ग आएर मर्कामा परेका बिरामीका आफन्तले किचन अभावमा खाद्यान्नहरु काम नलाग्ने बताएपछि क्यान्टिनमा खानाका लागि अस्पताल नै पुगेर नगद समेत दिईएको र डाक्टरहरुलाई छिटो अप्रेसन सहयोग गर्न लगाउने पहलकदमी गरिएको उनको भनाई छ ।

यी विभिन्न सहयोगको स्थान र समयकाबारे नेकपा र कांग्रेसको केन्द्रीय नेतृत्वलाई समेत पुर्ब जानकारी गराई निष्पक्ष रुपमा बितरण गरिएको उनको दाबी छ ।
नेपाल सरकारको एकद्वारे नीतिले राहतको पहुँच र प्रक्रियामा समेट्न नसकेको भण्डारीले बताए ।

राहत वितरण कार्यमा नेपाल पत्रकार महासंघका नेता लोकेन्द्र भट्ट र नेपाल मेडिकल काउन्सिल पुर्ब सदस्य भिम चन्द र समाजसेवी ज्योतेन्द्रजङ्ग लामिछानेले अनुगमन तथा सँयोजन गरेका थिए । भण्डारीका अनुसार बुढानिलकण्ठ, टिचिङ्ग अस्पताल, लैनचौर आसपासको भवन निर्माणमा खटिएका मजदुरलाई १५ दिन पुग्ने खाद्यान्न बितरण कार्य गरिएको छ ।