Friday, 27, November, 2020

विपन्नलाई लायन्स क्लब अफ काठमाडौं साझा फुलबारीको राहत

काठमाडौं । रोगले भन्दा भोकले मर्ने अवस्था आएको भन्दै विपन्न वर्गहरुले गुनासो गरेपछि लायन्स क्लब अफ काठमाडौं साझा फूलबारी सक्रिय रुपमा सर्वसाधारणको सेवामा लागेको छ । क्लबले लकडाउ शुरु भएदेखि नै क्लबले विपन्नको घर घरमा राहत वितरण गर्दै आएको हो ।

लकडाउन शुरु भएदेखि नै क्लबले लायन्स क्लब अफ काठमाडौं साझा फूलबारी, लायन्स क्लब अफ काठमाडौं लु्म्बिनी, लायन्स क्लब अफ काठमाडौं तारकेश्वर, लायन्स क्लब अफ काठमाडौं तारकेश्वर पाँचमाने, लायन्स क्लब अफ काठमाडौं तारकेश्वर बालाजुको समन्वयमा खाद्यान्नलगाएतका सामग्री वितरण गरेको लायन्स क्लब अफ काठमाडौं साझा फूलबारीका संस्थापक अध्यक्ष तथा डिस्ट्रिक्ट ३२५ बी १ नेपाल प्रमुख सल्लाहकार लायन महेन्द्र पौडेलले जानकारी दिए ।


गोलढुगां,  एकान्त कुना, कलंकी, मनमैजु, गोकर्ण, धापासी, बालाजु, माछापोखरी, सह्रखुट्टे, कपन , जो​रपाटी , रानिबन, पोखरा गण्डकी क्षेत्र, धौलागिरी समग्रमा लायन्सबाट १ हजारभन्दा बढी परिवारलाई लायन्स क्लव अफ काठमाण्डौंले राहत वितरण गरेको लायन पौडेलले जानकारी दिए ।  त्यतिमात्र नभई  कतिपय घर बहाल रकम तिर्न धौ धौं भएका परिवारको घर बहाल पनि तिर्न सहयोग गरेको क्लबले बताएको छ ।

त्यसैगरि लायन्स क्ल अफ लुम्बिनीले काठमाण्डाको बालाजु आद्यौगिक क्षेत्रमा रहेका अति बिपन्न ३० परिवारको लागि प्रति परिवार १ बोरा जिरा मसिनो चामल, ३ केजी दाल , १ प्याकेट नुन, १ लिटर तेल लगायतको सामाग्री विरतरण गरेको  लायन्स क्लव अफ काठमाण्डौं लुम्बिनीका सचिव गिरिराज भट्टराईले बताए ।